एउटा घटनाले संसदमा आए, राजनीतिमा आफै आएको हुँ: सांसद भट्टराई
पाेखरा | मंसिर २१, २०७९
पोखराः कास्की क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आफुलाई एउटा घटनाले संसदमा पुर्याएको बताएकी छिन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।
उनले एउटा अविस्मरणीय घटनाका कारण सांसद बनेको बताउदै राजनीतिमा आफै आएको बताइन् । ‘संसदमा एउटा घटनाले पुर्यायो, तर राजनीति आफै आएकी हुँ, भट्टराईले भनिन्, ‘हरेक समयको प्रक्रियालाई हेर्ने हो भने, सामाजिक प्रक्रिया दुई हिसाबले निर्माण हुन्छ, एउटा घटनाले निर्माण गर्छ अर्को विभिन्न आन्दोलन र अभ्यासले , घटनाले संसदमा पुर्याए पनि आन्दोलन र अभ्यासले राजनीतिमा आएकी हुँ ।’

सांसद भट्टराईले आफ्नो स्वर्गीय पतिको नामलाई जोडेर मात्रै आफु परिचित नभएको बताउदै भनिन्, ‘परिचय र पहिचान दिने कुरामा रविन्द्रको धर्मपत्नी, त्यो एउटा परिचय हो । त्यो कुरालाई अस्विकार गर्दिन, पारिवारिक सम्बन्धका लागि मेरो लागि स्वीकार्य छ तर राजनीतिककर्मी, सांसदको सदस्य मान्य हो भने जनताले विद्या भट्टराईलाई अभिमत दिनुभएको छु, म जनप्रनिधि हुँ आफ्नै परिचय र पहिचान पनि जोडिएको छ ।’
उनले आफ्नो धर्मपति अधिकारी सबैको मनमा बस्न सफल एक उदाहरणीय राजनीतिकर्मी भएको सुनाइन् । उनले फरक प्रसंगमा बोल्दै आफु सांसदका रुपमा दोहोरिएपछि कास्की २ को विकास निर्माण र महिलाको उत्थान र विकासको क्षेत्रमा काम गर्ने उल्लेख गरिन् । ‘कास्की २ बाट जुन अभिमत पाएकी छु त्यसलाई दुरुपयोग गर्दिन्, उनले भनिन्, ‘अभिमतको सम्मान गर्दै अब कास्की २ को विकाससँगै महिलाको उत्थान र विकासको लक्ष्यलाई अगाडी बढाउन अब मेरो संसदको यात्रा हो ।’
भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेको तर्फबाट निर्वाचित सांसद हुन् । यसअघि पनि उनी रबिन्द्र अधिकारीको निधनपछि उपनिर्वाचन भिडेर सांसद भएकी थिइन् ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

